इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको छ।
हेलिकप्टरले असामान्य रूपमा अवतरण गर्नुपरेको हो।
इरानका गृहमन्त्रीका अनुसार उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ, मौसमका कारण त्यहाँ पुग्न कठिन भइरहेको बीबीसीले उल्लेख गरेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति रायसी अजरबैजानको क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गरेपछि ताब्रिज सहरतर्फ जाँदै थिए।
उद्धार टोलीसँग उपस्थित फार्स न्युज संवाददाताका अनुसार बाक्लो कुहिरोका कारण उद्धारमा कठिनाइ भइरहेको छ।
2.3k
Shares
प्रतिक्रिया