लन्डनबाट सिंगापुरका लागि उडेको एक विमान मंगलबार आँधीको चपेटामा पर्दा एक यात्रुको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
यस्तो हवाई आँधीलाई एयर टर्ब्युलेन्स भनिन्छ र यसमा फसेर धेरैपटक यात्रुवाहक विमानमा क्षति पुग्ने गरेको छ। यो पनि विमान एयर टर्ब्युलेन्समा फसेको घटना हो।
बीबीसीका अनुसार सिंगापुर जाँदै गरेको यो विमान बैंककमा अवतरण गर्नुपर्ने थियो।
उक्त बोइङ ७७७-३०० ईआर विमानमा कुल २११ यात्रु र चालक दलका १८ सदस्य सवार रहेको एयरलाइन्सले जनाएको छ।
सिंगापुर एयरलाइन्सले मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ।
4.1k
Shares
प्रतिक्रिया