दोस्रो कार्यकालको अन्तिम क्याबिनेट बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हारजित राजनीतिको हिस्सा भएको बताएका छन्।
‘हामीले पछिल्लो १० वर्ष राम्रो काम ग¥यौँ। हामी त्यसलाई जारी राख्नेछौँ,’ मन्त्रीहरुसँग मोदीले भने।
उनले तेस्रो पटक सरकार गठनका लागि दाबी गर्ने तयारी गरिरहेका छन्।
‘तपाईंहरु सबैले कडा मेहनत गर्नुभयो,’ मोदीले भने, ‘जित्नु हार्नु राजनीतिको पाटो हो, संख्याको खेल चलिरहन्छ।’
बैठकपछि मोदीले राष्ट्रपति भवन पुगेर राजीनामा बुझाएका थिए।
मोदीले शनिबार शपथ लिने बताइएको छ। एजेन्सी
348
Shares
प्रतिक्रिया