भारतको १८ औँ लोकसभाको सभामुखमा ओम बिरला पुनः निर्वाचित भएका छन्। तीन कार्यकाल लगातार लोकसभा सदस्य रहेका उनीहरु यसअघि पनि सभामुख थिए।
भारतमा प्रायः सहमतिबाट सभामुख चुन्ने परिपाटी छ। तर, यसपटक सहमति हुन सकेन।
भाजपाका नेताहरुले कंग्रेससँग सभामुख पदका लागि समर्थन माग गर्दा विपक्षी नेतहरुले उपसभामुख विपक्षीले पाउनुपर्ने माग गरेका थिए। तर, त्यसमा भाजपाले सहमति दिएन।
बिरलालाई कंग्रेसका आठौँ पटक सांसद बनेको के सुरेशले चुनौती दिएका थिए। तर, उनी पराजित भए।
हाल एनडीएसँग ५४३ मध्ये २९३ सिट छ भने विपक्षीसँग २३६।
भारतमा बहुमत साबित गर्न तथा दलबदल कानुन लागू हुने स्थितिमा सभामुखको भूमिका महत्वपूर्ण हुने गर्छ।
सांसदहरुलाई निलम्बन र बर्खास्त गर्न पनि सभामुखको भूमिका हुने गर्दछ।
गत कार्यकालमा बिरलाले १४० जनाभन्दा बढी विपक्षी सांसद निलम्बन गरेका थिए। एजेन्सी
351
Shares
प्रतिक्रिया