अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ।
राष्ट्रपति पदको दौडबाट पछि हटेर अर्कालाई मौका दिन डेमोक्र्याटिक पार्टीबाटै दबाब बढ्दै गएका बेला बाइडेनलाई कोभिड भएको हो।
अब बाइडेनलाई राष्ट्रपतिको चुनाव नलड्न झन् दबाब बढ्नसक्छ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन पियरेका अनुसार अमेरिकी राष्ट्रपतिलाई कोरोनाविरुद्ध भ्याक्सिन दिइएको छ।
प्रेस सेक्रेटरीका अनुसार बाइडेनलाई यसअघि पनि दुईपटक कोभिड–१९ भएको थियो।
अहिले फेरि कोरोना संक्रमण भएको कुरा बाइडेन आफैँले पनि सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
उनले आफू स्वस्थ हुँदै गएको उल्लेख गर्दै आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्।
बाइडेन बुधबार लस भेगासमा आफ्ना समर्थकसँग भेटघाट र अन्तरक्रिया गरिरहेका थिए। पछि उनले चुनावी भाषण रद्द गरे।
I tested positive for COVID-19 this afternoon, but I am feeling good and thank everyone for the well wishes.
— President Biden (@POTUS) July 17, 2024
I will be isolating as I recover, and during this time I will continue to work to get the job done for the American people.
Shares
प्रतिक्रिया