भारतकी अर्थमन्त्री निर्मला सीतारमणले आज संसद्मा पूर्ण बजेट प्रस्तुत गरिरहेकी छन्।
उनले यो लगातार सातौँपटक भारतको बजेट प्रस्तुत गरिरहेकी हुन्।
बजेट भाषणका प्रमुख बुँदा
-यो बजेट गरिब, महिला, युवा र किसानमा केन्द्रित छ।
-बजेटले रोजगारी र सीपमा जोड दिएको छ।
-बजेटमा युवाका लागि २ लाख करोड रुपैयाँको व्यवस्था गरिएको छ।
-कृषिमा ३२ वटा उच्च उपज र जलवायुमैत्री प्रजातिहरू ल्याइनेछ।
-बागवानी बालीका १०९ नयाँ प्रजातिहरू जारी गरिनेछ।
-आगामी दुई वर्षमा एक करोड किसानलाई प्राकृतिक खेतीका लागि सहयोग गरिने भएको छ।
-१० हजार बायो इनपुट रिसोर्स सेन्टर स्थापना गरिनेछ।
-आत्मनिर्भरताका लागि सरकारले दाल र तिलहन मिसनमा ध्यान दिनेछ।
-तरकारी उत्पादन र आपूर्ति प्रणालीका लागि क्लस्टर तयार गरिनेछ।
बजेटको लाइभ हेर्न यहाँ क्लिक गर्नुहोला।
30
Shares
प्रतिक्रिया