ad ad

ग्लोबल


ह्यारिसले मेटाइन् ट्रम्पको अग्रता, दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा

ह्यारिसले मेटाइन् ट्रम्पको अग्रता, दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा

नेपालखबर
साउन १६, २०८१ बुधबार १५:२७,

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी चुनावका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कायम गरेको अग्रता मेटाएकी छन्। पछिल्ला सर्वेक्षणहरूमा उनले ट्रम्पसँग बराबरी गरेको देखिएको हो।

राष्ट्रिय र कडा टक्कर हुने विभिन्न राज्यमा उनले ट्रम्पसँगको दूरी मेटाएकी हुन्। अझ चार महत्वपूर्ण राज्यहरूमा ह्यारिस ट्रम्पभन्दा अगाडि देखिएकी छन् भने दुई राज्यमा ट्रम्प अगाडि रहेको ब्लुमबर्ग न्युज/मर्निङ कन्सल्टको सर्वेक्षणले देखाएको छ।

मिसिगनमा ह्यारिस ट्रम्पभन्दा ११ प्रतिशतले अगाडि छिन् एरिजोना, विस्कन्सिन र नेभाडामा २ अंकले।

ट्रम्प भने पेन्सलभेनियामा चार र नर्थ क्यारोलाइनामा दुई अंकले अगाडि छन्। जर्जियामा दुवैजना बराबरी छन्।

यो सर्वेक्षणको नतिजा नै चुनावमा दोहोरिने हो भने जुन उम्मेदवारले जर्जियाको चुनाव जित्छ, उही राष्ट्रपति बन्ने देखिन्छ।

रोयटर्सको सर्वेक्षणअनुसार राष्ट्रव्यापी रूपमा झिनो अन्तरले ट्रम्पभन्दा ह्यारिस अगाडि छिन्। ह्यारिसको ४३ प्रतिशत हुँदा ट्रम्पको पक्षमा ४२ प्रतिशत मत छ।

डेमोक्र्याटिक पार्टीभित्र तीव्र रूपमा समर्थन जुटाएपछि ह्यारिसले अग्रता बनाएकी हुन्। 

ह्यारिस आउँदो सोमबार सो पार्टीको तर्फबाट औपचारिक रूपमा उम्मेदवार घोषित हुनेछिन्। उनले उपराष्ट्रपतिको उम्मेदवार पनि चाँडै घोषणा गर्ने बताइएको छ। 

मंगलबार जर्जियामा चुनावी अभियानका क्रममा उनले चुनावको माहौल बदलिँदै गएको र ट्रम्पले त्यसलाई महसुस गर्न थालेको बताएकी थिइन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .