ad ad

ग्लोबल


३ छोरा र ४ नातिनातिनाको हत्यापछि पूर्वप्रधानमन्त्री हानिया आफैँ बने इजरायलको निसाना

३ छोरा र ४ नातिनातिनाको हत्यापछि पूर्वप्रधानमन्त्री हानिया आफैँ बने इजरायलको निसाना

नेपालखबर
साउन १६, २०८१ बुधबार १८:२४,

इजरायलले इरानमा हमासका नेता इस्माइल हानियाको हत्या गरेसँगै मध्यपूर्वमा थप हिंसा चर्किन सक्ने त्रास बढेको छ। इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले आफ्नो भूमिभित्र भएको यो हत्याको बदला लिइने बताएका छन्।

को हुन् त हानिया?

हानिया १९६३ मा गाजाको साती शरणार्थी शिविरमा जन्मेका थिए। युनिभर्सिटीमा पढ्दै गर्दा उनी त्यो समूहमा सक्रिय भए, जो पछि गएर हमास बन्यो। 

हमासले १९८७ मा पहिलोपटक इन्टिफदा सुरु गरेपछि उनी त्यसमा सहभागी भए। र, अनेकपटक इजरायलद्वारा बन्दी बनाइए। १९९२ मा गाजाबाट निकालिएका उनी अर्को वर्ष फर्किए।

हमासका संस्थापक शेख अहमद यासिनको सहयोगी र शिष्य बने हनिया। २००३ सम्ममा उनी यासिनको विश्वासपात्र बनिसकेका थिए। यासिन ओछ्यानबाट उठ्न नसक्ने स्थितिमा थिए। उनी आँखा पनि राम्रो देख्दैनथे। तसर्थ उनलाई हानियाले सघाउँथे। २००४ मा इजरायलले यासिनको हत्या गर्‍यो।

२००६ को प्यालेस्टिनी संसदीय चुनावमा हमासले सबैभन्दा बढी सिट जितेपछि हानिया प्यालेस्टिनको प्रधानमन्त्री बने। तर, अर्को वर्ष इजरायल गाजाबाट हटेपछि र गाजा हमासले कब्जा गरेपछि राष्ट्रपति मोहम्मद अब्बासले उनलाई पदबाट बर्खास्त गरे।

त्यसपछि उनी एक दशक गाजाको नेता रहे। 

२००७ मा बीबीसीका पत्रकार एलान जोन्स्टन गाजामा एउटा समूहको कब्जामा पर्दा हानियाले नै छुटाउन पहल गरेका थिए।

२०१७ मा उनी हमासको राजनीतिक ब्युरो प्रमुख चुनिँदासम्म उनले गाजाको शासन चलाए। उनकै नेतृत्वमा हमासको युद्धक्षमता बढ्यो र इरानसँग सम्बन्ध राम्रो बन्यो। २०२२ मा उनले इरानबाट ७ करोड डलर सैन्य सहयोग पाएको बताएका थिए।

२०१७ मा उनले गाजा छाडे। त्यसपछि गाजाको नेतृत्व याया सिनवरको हातमा गयो। जो उनीभन्दा कट्टर मानिन्छन्।

त्यसयता हानियाले हमासको राजनीतिक र कूटनीतिक गतिविधिको नेतृत्व गर्दै आएका छन्।

इजरायलले हानियाका तीन छोराहरू हाजेम, आमिर र मोहम्मदको हत्या गरिसकेको छ। अप्रिल १० मा गाजामा उनीहरू सवार कारमा इजरायलले हवाई हमला गरेको थियो।

सो आक्रमणमा उनका तीन नातिनी र एक नातिको पनि ज्यान गएको थियो।

त्यो बेला हानियाले भनेका थिए, ‘गाजाका हाम्रा सबै जनता र हाम्रा सबै परिवारले रगतको चर्को मूल्य चुकाउनुपरेको छ। म पनि त्यसैमध्ये एक हुँ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .