ad ad

ग्लोबल


इरानले भन्यो- हानिया हत्यामा इजरायल र अमेरिकाको हात छ

‘उपयुक्त समय आएपछि कडा जवाफ दिइनेछ’
इरानले भन्यो- हानिया हत्यामा इजरायल र अमेरिकाको हात छ

फाइल फाेटाे : इस्माइल हानिया


नेपालखबर
साउन १९, २०८१ शनिबार २०:४१, काठमाडौँ

इरानले हमासका शीर्ष राजनीतिक नेता इस्माइल हानियाको हत्या कसरी भयो भन्ने कुरा बताएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) ले हमास नेता हानिया छोटो दूरीको क्षेप्यास्त्र प्रहारबाट मारिएको बताएको हो।

आईआरजीसीले क्षेप्यास्त्रमा सात किलोग्राम वारहेड रहेको र तेहरानको गेस्टहाउसमा रहेको उनको कोठा बाहिरबाट प्रहार गरिएको बताएको छ।

आईआरजीसीले यो हत्याका पछाडि इजरायल र अमेरिकाको हात रहेको र उपयुक्त समय आएपछि कडा जवाफ दिने चेतावनी पनि दिएको छ।

गत बुधबार इरानको राजधानी तेहरानमा हमासका शीर्ष राजनीतिक नेता इस्माइल हानियाको हत्या भएको थियो।

त्यसबेला हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा सहभागी हुन त्यहाँ पुगेका थिए। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .