ad ad

ग्लोबल


बंगलादेश : नयाँ चरणको हिंसामा २० जनाको मृत्यु, हसिनाको राजीनामा माग

बंगलादेश : नयाँ चरणको हिंसामा २० जनाको मृत्यु, हसिनाको राजीनामा माग

नेपालखबर
साउन २०, २०८१ आइतबार १७:५८,

बंगलादेशमा नयाँ चरणको प्रदर्शनमा २० भन्दा बढीको ज्यान गएको छ। प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै भएको प्रदर्शनमा प्रहरीले अश्रु ग्यास र ‘स्टन ग्रिनेड’ प्रहार गरेको थियो।

राजधानी ढाका, उत्तरी जिल्लाहरू बोगुरा, पब्ना र रंगपुर, पश्चिमको मागुरा, पूर्वको कोमिल्ला र दक्षिणको बरिसाल र फेनीमा मानिसहरूको मृत्यु भएको प्रहरी र चिकित्सकहरूले जनाएका छन्।

सरकारले कर्फ्यु लगाइने बताएको छ।

आरक्षण प्रणाली अन्त्यको माग राख्दै गत महिना भएको प्रदर्शनमा दुई सयभन्दा बढीको मृत्यु भएको थियो।

अदालतले आरक्षणलाई ५ प्रतिशतमा झार्दै सो मुद्दा टुंग्याए पनि विपक्षीहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन जारी राखेका छन्। सो हिंसा र अत्यधिक बलप्रयोगकका लागि सरकार जिम्मेवार रहेको उनीहरूको भनाइ छ।

कतिपय स्थानमा विपक्षी र सत्तारुढ अवामी लिगका कायृकर्ताबीच झडप भएको खबर समेत छ।

प्रदर्शनकारीले जनतालाई कर, शुल्क नतिर्न आह्वान गरेका छन्। ब्यांक, कारखाना खुलेपनि आइतबार मानिसहरूलाई काम जान बाधा परेको थियो।

प्रदर्शनकारीले बंगबन्धु, शेख मुजिब मेडिकल युनिभर्सिटीका केही सवारी साधनमा आगजनी गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .