ad ad

ग्लोबल


बंगलादेशमा स्थिति बिग्रिँदै, आइतबार मारिनेको संख्या ५९ पुग्यो

बंगलादेशमा स्थिति बिग्रिँदै, आइतबार मारिनेको संख्या ५९ पुग्यो

नेपालखबर
साउन २०, २०८१ आइतबार २१:१५,

बंगलादेशमा आइतबार भएको हिंसात्मक झडपहरुमा कम्तीमा ५९ जनाको ज्यान गएको छ। 

विद्यार्थी नेताहरुले नागरिक अवज्ञा आन्दोलन घोषणा गरेका छन्। प्रदर्शनकारीले जनतालाई कर, शुल्क नतिर्न आह्वान गरेका छन्।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने उनीहरुको माग छ। आरक्षण प्रणाली खारेजीको माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलन सरकारविरोधी बन्न पुगेको हो।

हजारौँ मानिसले सिराजगन्ज जिल्लामा प्रहरी चौकीमा आक्रमण गर्दा १३ प्रहरी मारिएको प्रहरीले जनाएको छ। साँझ ६ बजेदेखि कर्फ्यु लगाइएको छ।

‘हामीले संयम नदेखाएको भए भीषण रक्तपात हुने थियो। तर, हाम्रो धैर्यको सीमा छ,’ कानुनमन्त्ती अनिसुल हकले भनेका छन्।

ढाकामा फोरजी इन्टरनेट सेवा बन्द गरिएको छ। ब्रोन्डब्यान्ड भने चलिरहेको छ।

मानिसहरुको ज्यान भने देशभरि नै गएको छ। राजधानी ढाका, उत्तरी जिल्लाहरू बोगुरा, पब्ना र रंगपुर, पश्चिमको मागुरा, पूर्वको कोमिल्ला र दक्षिणको बरिसाल र फेनीमा मानिसहरूको मृत्यु भएको प्रहरी र चिकित्सकहरूले जनाएका छन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .