ad ad

ग्लोबल


बिहारको मुख्यमन्त्री कार्यालय बमले उडाउने धम्की

बिहारको मुख्यमन्त्री कार्यालय बमले उडाउने धम्की

बिहारका मुख्यमन्त्री नितिश कुमार


नेपालखबर
साउन २१, २०८१ सोमबार ६:२५, काठमाडौँ

भारतीय राज्य बिहारको मुख्यमन्त्रीको कार्यालय भवनलाई बमले उडाउने धम्की आएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार गत जुलाई १६ मा एक अज्ञात अकाउन्टबाट अल–कायदासँग सम्बद्ध रहेको दाबी गरेको इमेल प्राप्त भएको हो। जसमा मुख्यमन्त्री कार्यालयलाई बमले उडाइने धम्की दिँदै यसलाई बिहारको विशेष प्रहरीले पनि रोक्न नसक्ने दाबी गरिएको छ।

धम्कीपूर्ण इमेलले प्रहरी र प्रतिआतंकवाद दस्ता (एटीएस) लाई अनुसन्धान सुरु गर्न प्रेरित गरेको छ।

त्यसपछि अगस्ट २ मा स्टेसन हाउस अफिसर सञ्जीव कुमारको बयानका आधारमा सचिवालय प्रहरी थानामा एफआईआर दर्ता गरिएको छ। 

भारतीय न्याय संहिता, २०२३ को धारा ३५१ (४) र (३) का साथै आईटी ऐन को धारा ६६ (एफ) अन्तर्गत निवेदन दर्ता गरिएको प्रहरीले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .