ad ad

ग्लोबल


प्रधानमन्त्री निवासमा आन्दोलनकारी पसेपछि भागिन् हसिना, भारत आइपुगेको दाबी

प्रधानमन्त्री निवासमा आन्दोलनकारी पसेपछि भागिन् हसिना, भारत आइपुगेको दाबी

नेपालखबर
साउन २१, २०८१ सोमबार १५:१६, काठमाडौँ

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन सोमबार चर्किएको छ।

हजारौँ प्रदर्शनकारी प्रधानमन्त्री शेख हसिनाको प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्।

समाचार एजेन्सी एएफपीले स्रोतलाई उद्धृत गर्दै प्रधानमन्त्री ढाका दरबार छाडेर सुरक्षित स्थानमा सरेको जनाएको छ।

केही सञ्चारमाध्यमले प्रधानमन्त्री हसिना र उनकी बहिनी रेहानाले देश छाडेर सैन्य हेलिकप्टरबाट भारत पुगेको दाबी गरिरहेका छन्।

बंगलादेशी पत्रिका प्रथम आलोका अनुसार धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएका छन्।

जसमा ६ जनाभन्दा बढीको मृत्यु भएको छ।

आन्दोलनकारीले टङ्गाइल र ढाकाका महत्त्वपूर्ण राजमार्ग कब्जा गरेका छन्।

करिब ४ लाख जनता हसिना सरकारविरुद्ध सडकमा उत्रिएको समाचारमा जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .