बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन्।
स्थानीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले स्रोतलाई उधृत गर्दै जनाएअनुसार उनी सेनाको हेलिकोप्टरमा चढेर राष्ट्रपति भवनबाट बाहिरिएकी हुन्।
बहिनी शेख रेहानाको साथमा उनी सुरक्षित स्थानतर्फ लागेको बताइएको छ।
ढाका ट्रिब्युनका अनुसार उनी भारतको पश्चिम बंगालतिर लागेकी छन्।
एएफपीले भने हसिना सुरक्षित स्थानमा पुगेको बताएको छ।
हसिनाले राजीनामाअघि भाषण रेकर्ड गराउन चाहेकी थिइन्। तर, उनले त्यो मौका नपाएको बताइएको छ। एजेन्सी
750
Shares
प्रतिक्रिया