ad ad

ग्लोबल


अन्तरिम सरकार गठनबारे वार्ता गर्न १३ विद्यार्थी नेताले भेटे बंगलादेशी राष्ट्रपतिलाई

अन्तरिम सरकार गठनबारे वार्ता गर्न १३ विद्यार्थी नेताले भेटे बंगलादेशी राष्ट्रपतिलाई

नेपालखबर
साउन २२, २०८१ मंगलबार २१:४४,

आन्दोलनकारी विद्यार्थी समूहका १३ नेताले राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँग भेट गरेका छन्। राष्ट्रपति भवनमा साँझ ६ बजेपछि सो भेटघाट सुरु भएको हो।

उनीहरुले अन्तरिम सरकार गठनका विषयमा छलफल गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

उनीहरुको साथमा ढाका युनिभर्सिटीका दुई प्राध्यापक पनि राष्ट्रपति भवन गएका छन्।

विद्यार्थीहरुले दिएको अल्टिमेटम अनुसार मंगलबार राष्ट्रपतिले संसद् विघटन गरेका थिए।

सोमबार सेनाप्रमुखले अन्तरिम सरकार बनाइने बताएका थिए। तर, विद्यार्थीहरुले सेना नेतृत्वको सरकार अस्वीकार गरेका छन्। उनीहरुले नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको सल्लाहकार बन्न आग्रह गरेका छन्।

युनुसले सो प्रस्ताव स्वीकार गरिसकेका छन्। यद्यपि, बंगलादेशमा कस्तो सरकार बन्छ, अझै स्पष्ट छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .