ad ad

ग्लोबल


देश छाड्दै गर्दा हसिना सरकारका मन्त्रीहरू पक्राउ

देश छाड्दै गर्दा हसिना सरकारका मन्त्रीहरू पक्राउ

पूर्वविदेशमन्त्री हसन महमुद


नेपालखबर
साउन २२, २०८१ मंगलबार २२:७,

अपदस्थ हसिना सरकारका मन्त्रीहरुलाई देश छाड्दै गर्दा पक्राउ गरिएको छ। पूर्वविदेशमन्त्री हसन महमुदलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा समातिएको हो।

पूर्वसञ्चार राज्यमन्त्री जुनैद अहमद पलक पनि समातिएका छन्। 

त्यस्तै बंगलादेश छात्र लिगका नेताहरु तनविर हसन सैकत र रियाज महमुद पनि पक्राउ परेका छन्।

तिनलाई विमानस्थल अधिकारीहरुले सेनालाई बुझाएका छन्।

तर, पूर्व शिक्षामन्त्री मोहीबुल हसन चौधरी, ग्रामीण विकास मन्त्री तजुल इस्लाम, वित्तमन्त्री अबुल हसन महमुद अली, खेलकुद मन्त्री नजमुल हसनलगायतलाई भने विदेश जान दिइएको छ।

बंगलादेशमा अनिश्चयका बीच तोडफोड तथा लुटपाटका घटना भएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .