ad ad

ग्लोबल


शेख हसिनाका छोराको दाबी- मेरी आमा बंगलादेश फर्किनुहुन्छ

शेख हसिनाका छोराको दाबी- मेरी आमा बंगलादेश फर्किनुहुन्छ

फाइल फाेटाे : शेख हसिना र उनका छोरा सजीव वाजिद


नेपालखबर
साउन २५, २०८१ शुक्रबार २०:१, काठमाडौँ

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजिद जोयले आफ्नी आमा बंगलादेश फर्किने दाबी गरेका छन्। 

टाइम्स अफ इन्डियालाई दिएको फोन अन्तर्वार्तामा सजीवले भने, ‘मेरी आमा शेख हसिनाको कुनै पनि देशमा शरण लिने मनसाय छैन।’

उनले आफ्नी आमा हसिना केही समयका लागि मात्र भारतमा रहेको बताए। 

अन्तरिम सरकारले चुनाव गराउने निर्णय गरेलगत्तै आफ्नी आमा बंगलादेश फर्किने उनको दाबी छ। 

उनले भने, ‘म (भारतीय) प्रधानमन्त्री मोदीलाई धन्यवाद दिन चाहन्छु, यति छोटो समयमा पनि उहाँले मेरी आमाको ज्यान बचाइदिनुभयो।’

टाइम्स अफ इन्डियासँग कुरा गर्दै सजीवले अगाडि भने, ‘म मेरो पार्टी र कार्यकर्ताहरूलाई बचाउन जे पनि गर्नेछु। यसका लागि राजनीतिमा आउन परे पनि पछि हट्दिनँ।”

उनले आफ्नी आमा हसिनाको पार्टी अवामी लिगले चुनावमा भाग लिने विश्वास व्यक्त गर्दै जित्ने सम्भावना पनि रहेको दाबी गरे। 

उनले भने, ‘हामीसँग बंगलादेशका जनताको सबैभन्दा ठूलो समर्थन छ।’ बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .