ad ad

ग्लोबल


युक्रेनी राष्ट्रपतिले पहिलोपटक स्वीकारे रुसमा गरेको आक्रमण

युक्रेनी राष्ट्रपतिले पहिलोपटक स्वीकारे रुसमा गरेको आक्रमण

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की


नेपालखबर
साउन २७, २०८१ आइतबार ११:१५, काठमाडौँ

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पहिलोपटक आफ्नो सेनाले रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको स्वीकार गरेका छन्।

शनिबार राति एक टेलिभिजन सम्बोधनमा राष्ट्रपति जालेस्कीले युक्रेनको सेनाले युद्धलाई "आक्रामक क्षेत्रमा" धकेलिरहेको बताए।

युक्रेनले अभियान सुरु गरेको पाँच दिनपछि यो बयान आएको हो।

यस आक्रमणले रुसलाई स्तब्ध बनाएको छ र सीमाका दुवै छेउमा ठूलो संख्यामा मानिसहरूलाई स्थानान्तरण गर्न प्रेरित गरेको छ।

आइतबार बिहान युक्रेनको किभ र सुमी क्षेत्रमा विस्फोट भएको बीबीसीले जनाएको छ।

शनिबारको सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले आफ्ना लडाकुहरूलाई धन्यवाद दिँदै रुसी भूमिमा भइरहेको कारबाहीबारे वरिष्ठ सेना कमान्डर ओलेक्सान्डर सिर्स्कीसँग छलफल गरेको बताए।

उनले युक्रेनले न्याय सुनिश्चित गर्न र आक्रमणकारीलाई दबाब दिन सक्ने प्रमाणित गरिरहेको दाबी पनि गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .