ad ad

ग्लोबल


हसिनाको दाबी : सेन्ट मार्टिन्स टापु अमेरिकालाई दिएको भए म सत्तामै हुन्थेँ

हसिनाको दाबी : सेन्ट मार्टिन्स टापु अमेरिकालाई दिएको भए म सत्तामै हुन्थेँ

नेपालखबर
साउन २७, २०८१ आइतबार १७:१२,

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई देशबाट लखेट्न विदेशी शक्तिको हात रहेको बताएकी छन्। विद्यार्थी आन्दोलनपछि भागेर भारतमा शरण लिइरहेकी हसिनाले पहिलोपटक प्रतिक्रिया दिएकी हुन्।

‘सेन्ट मार्टिन्स र बंगालको खाडी अमेरिकालाई छाडेको भए म सत्तामा रहिरहन सक्थेँ,’ हसिनाले शनिबार अवामी लिगका समर्थकहरूलाई पठाएको सन्देश भारतीय अनलाइन पत्रिका द प्रिन्टले उधृत गरेको छ।

तीन वर्गकिलोमिटरको सेन्ट मार्टिन टापु दिए तत्काल आफूलाई सत्तामा फर्काउने प्रस्ताव आएको दाबी पनि उनको छ।

उनले आफू चाँडै फर्किने पनि बताएकी छन्।

‘म चाँडै फर्किनेछु। हार मेरो भए पनि जित बंगलादेशी जनताको हो। म आफैँ हटेँ र म तपाईंको विजयको साथमा आएँ। तपाईंहरू मेरो शक्ति हुनुहुन्थ्यो। तपाईंहरूले मलाई चाहनुभएन। त्यसैले मैले राजीनामा दिएँ। त्यहाँ रहनुभएका मेरा कुनै पनि कार्यकर्ताले आशा गुमाउनुहुने छैन। अवामी लिग बारम्बार खडा हुन जान्दछ,’ उनले भनेकी छन्।

उनले थप रक्तपात नहोस् भनेर राजीनामा दिएको पनि बताएकी छन्।

सेन्ट मार्टिन्स टापु बंगालको खाडीको उत्तरपूर्वी भागमा अवस्थित छ। यो बंगलादेशको सबैभन्दा दक्षिणमा रहेको किनार कोक्स बजारबाट नौ किमि टाढा पर्छ।

पछिल्लो समय विपक्षी खालिदा जियाको पार्टी बीएनपीले चुनाव जित्न सहयोग गरे सो टापु अमेरिकालाई बेच्ने तयारी गरेको आरोप हसिना समर्थकहरुले लगाउँदै आएका छन्। अमेरिकाले त्यहाँ सैन्य अखडा बनाउने उनीहरुको भनाइ छ।

तर, यसलाई अमेरिकी विदेश मन्त्रालयले खारेज गरेको छ।

म्यानमारले भने सो टापुमा आफ्नो भएको दाबी गर्दै आएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .