ad ad

ग्लोबल


शेख हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान गर्न अदालतको आदेश

शेख हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान गर्न अदालतको आदेश

नेपालखबर
साउन २९, २०८१ मंगलबार १७:२,

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान सुरु भएको छ। गत महिना आन्दोलनका क्रममा प्रहरीद्वारा एक व्यक्ति मारिएको घटनामा उनलाई अभियोग लगाउँदै उजुरी परेको छ।

सो सरकारका अन्य ६ उच्च पदस्थहरुविरुद्ध पनि अनुसनधान सुरु भएको छ।

उजुरी लिएर अदालत पुगेका वकिल ममुन मियाले अदालतले प्रहरीलाई हत्याको मुद्दा स्वीकार गरेर अनुसन्धान गर्न आदेश दिएको बताएका छन्।

बंगलादेशी कानुन अनुसार यो आपराधिक अनुसन्धानको पहिलो चरण हो।

गत साता हसिना राजीनामा गरेर देशबाटै भागेकी थिइन्। हाल उनी भारतमा शरण लिइरहेकी छन्। 

हप्तौँ लामो विद्यार्थी आन्दोलनका क्रममा झण्डै ५ सय मानिसको ज्यान गएको छ। तीमध्ये अधिकांशको प्रहरीको गोली लागी ज्यान गएको बताइएको छ, जसको आदेश हसिनाले नै दिएकी थिइन्।

ढाकाका स्थानीय पसले अबु सइद बाटो काट्दै गर्दा टाउको गोली लागेर ढलेका थिए। त्यसपछि व्यवसायी आमिर हाम्जाले हसिनाविरुद्ध ज्यान मुद्दा लगाउन आवेदन दिएका थिए।

विद्यार्थीहरुले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीले भिडलाई ताकेर अन्धाधुन्ध गोली चलाएको बयान उनले जुलाई १९ मा अदालतमा दिएका थिए।

जिल्ला न्यायाधीश राजेश चौधरीले सो घटनामा अनुसन्धान गर्न आदेश दिएका छन्। यसपालि प्रदर्शन सुरु भएयता हसिनाविरुद्ध दर्ता भएको यो पहिलो उजुरी हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .