ad ad

ग्लोबल


जर्मनीमा चक्कु आक्रमणबाट ३ जनाको मृत्यु, ४ व्यक्ति गम्भीर घाइते

जर्मनीमा चक्कु आक्रमणबाट ३ जनाको मृत्यु, ४ व्यक्ति गम्भीर घाइते

नेपालखबर
भदौ ८, २०८१ शनिबार ७:३१, काठमाडौँ

शुक्रबार राति पश्चिमी जर्मनीको जोलिङ्गेन सहरमा एक व्यक्तिले केही व्यक्तिमाथि चक्कु प्रहार गरेका छन्। 

यस हमलामा तीन जनाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

बीबीसीका अनुसार सहरको मध्यभागमा रहेको फ्राउनहफ बजारमा एक उत्सवका क्रममा आक्रमण भएको हो।

आक्रमणकारी अझै फरार रहेको बताइएको छ। प्रहरीले सहरभर खोजी गरिरहेको छ।

जोलिङ्गेन जर्मनीको औद्योगिक सहर हो र शुक्रबार यस सहरको ६५०औँ स्थापना दिवसको अवसरमा समारोह आयोजना गरिएको थियो।

आक्रमणपछि प्रहरीले फ्रानहफ बजारलाई तुरुन्तै खाली गराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .