मेसेजिङ एप टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाभेल दुरोभलाई फ्रान्सेली प्रहरीले पक्राउ गरेको छ।
फ्रान्सेली सञ्चारमाध्यमका अनुसार पावेल दुरोभ आफ्नो निजी जेटमा पेरिसको ले बोर्गे एयरपोर्ट पुगेका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो।
फ्रान्सेली प्रहरी अधिकारीहरूका अनुसार ३९ वर्षीय दुरोभलाई म्यासेजिङ एपसँग सम्बन्धित अपराधमा वारेन्टअन्तर्गत पक्राउ गरिएको हो।
रुसको सरकारी समाचार एजेन्सी टासले फ्रान्समा रहेको रुसी दूतावासले पनि स्थिति सम्हाल्न तत्काल कदम चालिरहेको जनाएको छ।
टेलिग्राम एप रुस, युक्रेन र यस क्षेत्रका देशहरूमा धेरै लोकप्रिय छ।
तर, रुसले सन् २०१८ मा प्रयोगकर्ताको डाटा हस्तान्तरण गर्न अस्वीकार गरेको भन्दै यो एपमा प्रतिबन्ध लगाएको थियो। तर २०२१ मा हटाइयो।
246
Shares
प्रतिक्रिया