ad ad

ग्लोबल


हिजबुल्लाहविरुद्ध हमलाबारे नेतान्याहुको टिप्पणी- यो कथाको अन्त्य होइन

हिजबुल्लाहविरुद्ध हमलाबारे नेतान्याहुको टिप्पणी- यो कथाको अन्त्य होइन

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु


नेपालखबर
भदौ १०, २०८१ सोमबार ७:३३, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहविरुद्ध आइतबारको आक्रमण ‘कथाको अन्त्य’ नभएको चेतावनी दिएका छन्। 

उनले भने, ‘इजरायलद्वारा आइतबार हिजबुल्लाहविरुद्ध गरेको आक्रमण हाम्रो सैन्य अभियानमा कथाको अन्त्य होइन।’

मन्त्रिपरिषद्को बैठकमा नेतान्याहुले आफ्नो सेनाले हिजबुल्लाहविरुद्ध अचानक हमला गरिरहेको बताए।

उनले भने, ‘यो इजरायलको उत्तरमा स्थिति परिवर्तन गर्न र नागरिकहरूलाई उनीहरूको घरमा सुरक्षित रूपमा फिर्ता ल्याउने दिशामा महत्त्वपूर्ण कदम हो।’

प्रधानमन्त्री नेतान्याहुले सर्वसाधारण र सैनिकलाई लक्ष्य गरी प्रहार गरिएका रकेट इजरायली सेनाले नष्ट गरेको दाबी गरेका छन्।

यस्तै उनले देशको मध्य भागमा भएको ड्रोन आक्रमणलाई पनि असफल पारिएको जिकिर गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .