ad ad

ग्लोबल


रुसद्वारा युक्रेनमा भीषण हवाई हमला, कम्तीमा ५ जनाको मृत्यु

रुसद्वारा युक्रेनमा भीषण हवाई हमला, कम्तीमा ५ जनाको मृत्यु

नेपालखबर
भदौ १०, २०८१ सोमबार २१:२८, काठमाडौँ

रुसले सोमबार बिहान युक्रेनमा मिसाइल र ड्रोन आक्रमण गरेको छ। जसमा कम्तीमा पाँच जनाको ज्यान गएको छ।

यसबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आक्रमणका लागि १०० भन्दा बढी मिसाइल र १०० ड्रोन प्रयोग गरेको बताएका छन्।

बीबीसीका अनुसार यी आक्रमण किभ, खार्किभ, ओडेसा र पश्चिमी क्षेत्रमा गरिएको उनको भनाइ छ। 

यस्तै युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले देशका १५ क्षेत्रका धेरै सहरमा विस्फोट भएको भएको बताएका छन्।

उनले भने, ‘हाम्रो ऊर्जा पूर्वाधार लक्षित छ। यसैलाई मध्यनजर गर्दै हवाई आक्रमणको अलर्ट जारी गरिएको छ।’

युक्रेनी वायुसेनाले रुसले लगातार हवाई हमला गरिरहेको बताएको छ। उसले भनेको छ– ड्रोन अझै हाम्रो क्षेत्रमा छन्।

युक्रेन कुर्स्क क्षेत्रमा धेरै ठाउँमा प्रवेश गरिसकेका बेला रुसले आक्रमण गरेको हो ।

रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो र त्यसयता दुई देशबीच युद्ध चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .