ad ad

ग्लोबल


जापानमा प्रचण्ड आँधी, ५० लाख मानिसलाई ठाउँ सर्न निर्देशन

जापानमा प्रचण्ड आँधी, ५० लाख मानिसलाई ठाउँ सर्न निर्देशन

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १९:२६,

जापानको दक्षिणी भेगमा दशकौँयताको सबैभन्दा ठूलो आँधी आएको छ। प्रतिघण्टा २५२ किलोमिटर गतिको आँधीका कारण हालसम्म चारजनाको ज्यान गइसकेको छ।

दक्षिणी भेगका ५० लाखभन्दा बढी मानिसलाई स्थानान्तरणको निर्देशन दिइएको छ। 

सानसान नाम दिइएको सो आँधीका कारण जापानको यातायात प्रणालीमा पनि असर परेको छ। रेलमार्ग, सडकमार्ग अवरुद्ध भएका छन् भने सयौँ उडान रद्द भएको छ।

आँधीका कारण आएको बाढीका र पहिरोमा परी ८४ जना घाइते भएको बताइएको छ। २ लाख ३० हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध भएको छ।

जापानको मौसम एजेन्सीका अनुसार दक्षिणी क्युसु क्षेत्रमा शुक्रबार बिहानसम्ममा १२ सयमिलिमिटर पानी पर्नेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .