भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार सिंगापुर पुगेका छन्। यसअघि मंगलबार उनले ब्रुनाईको भ्रमण गरेका थिए।
सिंगापुर पुगेपछि प्रधानमन्त्री मोदीले सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङसँग रात्रिभोज गरे।
सो अवसरको तस्बिर सेयर गर्दै सिंगापुरका प्रधानमन्त्री वोशङले इन्स्टाग्राममा लेखेका छन्- प्रधानमन्त्री मोदीलाई सिंगापुरमा स्वागत छ। भोलिको औपचारिक बैठकअघि इस्तानामा सँगै खाना खाने अवसर पाएकामा खुसी छु।
मोदीले भने- मेरा मित्र प्रधानमन्त्री लरेन्स वोङसँग भेट्न पाउँदा खुसी लाग्यो। धेरै विषयमा राम्रो छलफल भयो। भारत सिंगापुरसँगको मित्रतालाई महत्त्व दिन्छ।
सिंगापुर पुगेपछि भारतीय प्रवासीहरूले प्रधानमन्त्री मोदीलाई होटलमा न्यानो स्वागत गरेका थिए। प्रधानमन्त्री मोदीले आफ्नो इन्स्टाग्राममा भिडिओ पोस्ट गर्दै भनेका छन्- धन्यवाद सिंगापुर। स्वागत साँच्चै निकै जोडदार थियो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार प्रधानमन्त्री मोदीले सिंगापुरका प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट गर्ने जानकारी दिएका छन्। त्यसपछि प्रधानमन्त्री मोदीले सिंगापुरका प्रधानमन्त्रीसँग सेमीकन्डक्टर सुविधाको भ्रमण गर्नेछन्।
उनले भनेका छन्, ‘प्रधानमन्त्री मोदीले व्यापार सम्बन्धी बैठक पनि गर्ने छन्। जहाँ सिंगापुरका कम्पनीका सीईओहरूसँग व्यापारबारे छलफल हुनेछ।’
Shares
प्रतिक्रिया