ad ad

ग्लोबल


जापानी सागरवरपर रूससँग यही महिना संयुक्त सैन्य अभ्यास गर्दै चीन

जापानी सागरवरपर रूससँग यही महिना संयुक्त सैन्य अभ्यास गर्दै चीन

तस्बिर : एससीएमपी


रासस/एएफपी
भदौ २४, २०८१ सोमबार १४:७, काठमाडौँ

चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ । 

नौसेना तथा वायु सेनाले रूसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास–२०२४ मा भाग लिने चीनको रक्षा मन्त्रालयले जनाएको हो । 

अभ्यासको उद्देश्य चिनीयाँ तथा रूसी सेनाबीचको रणनीतिक सहयोगलाई मझबुत बनाई  सुरक्षा खतरासँग संयुक्त रूपमा सामना गर्ने उनीहरूको क्षमता बढाउनु रहेको मन्त्रालयले उल्लेख गरेको छ । 

दुवै पक्षले संयुक्त समुद्री गस्तीका लागि ‘प्रशान्त महासागरको समुद्री क्षेत्र’ मा नौसेना  पठाउने छन् भने चीनले रूसको ओसन–२०२४ रणनीतिक अभ्यासमा पनि भाग लिने छ ।

यस अघि जुलाईमा, दुई देशले चीनको गुआङ्गडोङ प्रान्तस्थित झानजियाङ सहर वरपरको पानी र हवाई क्षेत्रमा संयुक्त अभ्यास गरेका थिए ।

सन् २०२२ मा मस्कोले युक्रेनमा आक्रमण गर्नुअघि उनीहरूले सीमा विहिन साझेदारीको घोषणा गरेका थिए । 

गत महिना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा चिनियाँ प्रधानमन्त्री ली किआङसँगको भेटमा रूसको चीनसँगको आर्थिक र व्यापारिक सम्बन्ध ‘फलदायी’ भएको बताएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .