ad ad

ग्लोबल


नाइजेरियामा तेल ट्यांकर ट्रकसँग ठोकिँदा विस्फोट, ५० जनाको मृत्यु

नाइजेरियामा तेल ट्यांकर ट्रकसँग ठोकिँदा विस्फोट, ५० जनाको मृत्यु

दुर्घटनास्थल


नेपालखबर
भदौ २४, २०८१ सोमबार १६:५७, काठमाडौँ

नाइजेरियामा तेलले भरिएको ट्यांकर मानिसले भरिएको ट्रकसँग ठोक्किँदा ५० जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार आइतबार दिउँसो १२:३० बजे दुर्घटना भएको स्थानीय आपत्‌कालीन व्यवस्थापन निकायले जनाएको छ।

बीबीसीका अनुसार तेलले भरिएको ट्यांकर ट्रकसँग ठोक्किएपछि विस्फोट भएको हो। 

यसको भिडिओ पनि सार्वजनिक भएको छ। दुवै गाडीमा आगो लागेको देखिन्छ। 

आपत्‌कालीन निकायका प्रवक्ता हुसेन इब्राहिमले यो विगत केही वर्षयताकै सबैभन्दा भयावह दुर्घटना भएको बताए।

नाइजेरियामा खराब सडकका कारण यस्ता दुर्घटना हरेक दिनजसो हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .