ad ad

ग्लोबल


राष्ट्रपतीय बहसमा ह्यारिसले ट्रम्पलाई भनिन्- पुटिनले तपाईंलाई लन्चसँगै खाइदिन्छन्

राष्ट्रपतीय बहसमा ह्यारिसले ट्रम्पलाई भनिन्-  पुटिनले तपाईंलाई लन्चसँगै खाइदिन्छन्

नेपालखबर
भदौ २६, २०८१ बुधबार ९:६, काठमाडौँ

अमेरिकामा अब हुने राष्ट्रपतीय निर्वाचनका उम्मेदवारद्वय कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच ‘द एबीसी न्युज प्रेसिडेन्सियल डिबेट’मा रुस–युक्रेन युद्धबारे पनि बहस भएको छ। 

डोनाल्ड ट्रम्पलाई सोधिएको थियो– तपाईं युक्रेनले युद्ध जितेको चाहनुहुन्छ?

जवाफमा ट्रम्पले भने– म युद्ध बन्द होस् भन्ने चाहन्छु।

युक्रेन–रुस युद्धले अमेरिकामा पार्ने असरबारे ट्रम्पले यसबाट अमेरिकाको तुलनामा युरोपले निकै कम मूल्य चुकाइरहेको दाबी गरे। 

उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैलाई राम्ररी चिनेको बताए।

ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना गर्दै उनलाई अनुपस्थित राष्ट्रपति भनी टिप्पणी गरे। 

जसमा कमला ह्यारिसले कटाक्ष गरिन्। 

ह्यारिसले भनिन्, ‘तपाईं बाइडेनविरुद्ध होइन, मसँग लडिरहनुभएको छ।’ 

युक्रेन युद्धको प्रश्नमा ह्यारिसले युक्रेनका राष्ट्रपतिसँग आफ्नो बलियो सम्बन्ध रहेको बताइन्। 

उनले ट्रम्पलाई भने, ‘हाम्रा नाटो सहयोगीहरू धेरै अभारी भएका छन् किनभने अहिले तपाईं राष्ट्रपति हुनुहुन्न। अन्यथा पुटिनले किभमा बसेर बाँकी युरोपमा नजर लगाइरहेका हुन्थे।’ 

ह्यारिसले थपिन्, ‘पुटिन एक तानाशाह हुन्, जसले तपाईंलाई लन्च (खाना) सँगै खाइदिन्छन्।’ 

यसमा ट्रम्पले कमला ह्यारिसलाई अहिलेसम्मकै सबैभन्दा खराब उपराष्ट्रपति भनी आलोचना गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .