ad ad

ग्लोबल


दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी

दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी

नेतृ आतिशी


नेपालखबर
असोज १, २०८१ मंगलबार १३:२३, काठमाडौँ

भारतीय राज्य दिल्लीको नयाँ मुख्यमन्त्री आम आदमी पार्टी (आप) की नेतृ तथा दिल्ली सरकारकी मन्त्री आतिशी हुने भएकी छन्। हाल उनी दिल्ली सरकारमा अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयसहित छवटा मन्त्रालय सम्हालिरहेकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार आज बिहान आम आदमी पार्टीका संयोजक तथा वर्तमान मुख्यमन्त्री केजरीवालको निवास सिभिल लाइन्समा बसेको सो पार्टीको विधायक दलको बैठकले आतिशीलाई नयाँ नेतामा सर्वसम्मत चयन गरेको हो। 

योसँगै उनी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्ने भएकी हुन्। 

आतिशी पन्जाबी राजपुत परिवारकी हुन् र उनी अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक हुन्।

आतिशी २०२० विधानसभा चुनावमा पहिलोपटक विधायक निर्वाचित भइन् र २०२३ मा केजरीवाल सरकारमा पहिलोपटक मन्त्री भएकी थिइन्। त्यसको एक वर्षपछि २०२४ मा उनी मुख्यमन्त्री बन्न लागेकी हुन्। 

आतिशीलाई केजरीवालको निकट सहयोगी र विश्वासपात्र मानिन्छ। उनी अन्ना आन्दोलनको समयदेखि संगठनमा सक्रिय छिन्। हाल उनीसँग धेरैजसो मन्त्रालयको जिम्मेवारी छ र केजरीवाल मार्चमा जेल गएदेखि पार्टीदेखि सरकारसम्मका मुद्दामा उनले नेतृत्व गरिरहेकी थिइन्।

यसअघि नयाँ मुख्यमन्त्रीका लागि कैलाश गहलोत, गोपाल राई र सौरभ भारद्वाजको नाम पनि चर्चामा थिए। तर आपको विधायक दलको बैठकले आतिशीको नाम अनुमोदन गरेको हो।

अब वर्तमान मुख्यमन्त्री केजरीवालले दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनालाई भेटेर राजीनामा बुझाउनेछन्।

मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा तिहाड जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतको आदेशअनुसार यही सेप्टेम्बर १३ मा धरौटीमा रिहा भएका थिए। त्यसको २ दिनपछि कार्यकर्तालाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणाा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .