ad ad

ग्लोबल


जम्मु-कस्मिरमा आजदेखि विधानसभा चुनाव, पहिलो चरणको मतदान

जम्मु-कस्मिरमा आजदेखि विधानसभा चुनाव, पहिलो चरणको मतदान

नेपालखबर
असोज २, २०८१ बुधबार ७:३६, काठमाडौँ

जम्मु–कस्मिरमा आज विधानसभा चुनावअन्तर्गत पहिलो चरणको मतदान हुँदै छ। 

आज (सेप्टेम्बर १८) पहिलो चरण सेप्टेम्बर २५ मा दोस्रो चरण र अक्टोबर १ मा तेस्रो चरणका मतदान हुनेछन्। 

आज पहिलो चरणमा राज्यको कूल २४ विधानसभा सिटका लागि मतदान हुनेछ।  जसमध्ये १६ सिट कस्मिर र ८ सिट जम्मुका छन्।

बीबीसीका अनुसार २०१९ अगस्ट ५ मा धारा ३७० खारेज गर्दै जम्मु–कस्मिरको विशेष दर्जा हटाइयो र केन्द्र शासित दुई प्रदेश सिर्जना गरियो। 

यो चुनावमा नेसनल कन्फ्रेन्स र कंग्रेसले संयुक्त रूपमा राज्यका सबै ९० सिटमा उम्मेदवारी दिएका छन्।

भाजपा र पीडीपी भने एक्लाएक्लै चुनावी मैदानमा एक्लै छन्।

लोकसभा सांसद इन्जिनियर रासिदको पार्टी अवामी इत्तिहादले प्रतिबन्धित संगठन जमात-ए-इस्लामीले समर्थन गरेका स्वतन्त्र उम्मेदवारसँग गठबन्धन घोषणा गरेको छ।

मतदानलाई मध्यनजर गर्दै प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .