ad ad

ग्लोबल


‘यागी’ आँधीले म्यानमारमा पनि विनाश, २०० जनाको मृत्यु, ८० भन्दा बढी व्यक्ति बेपत्ता

‘यागी’ आँधीले म्यानमारमा पनि विनाश, २०० जनाको मृत्यु, ८० भन्दा बढी व्यक्ति बेपत्ता

नेपालखबर
असोज २, २०८१ बुधबार १०:७, काठमाडौँ

म्यानमारमा चक्रवात ‘यागी’को प्रभावले भएको भीषण वर्षापछि आएको बाढीमा परी दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ। 

त्यहाँको सैनिक सरकारका अनुसार ८० भन्दा बढी मानिस बेपत्ता छन्। वर्षा र बाढीले म्यानमारको जनजीवन तहसनहस भएको छ। 

‘यागी’ यस वर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली आँधी हो।

आधिकारिक तथ्यांकअनुसार यो आँधीले भियतनाम, लाओस, थाइल्यान्ड र म्यानमारमा सेप्टेम्बरको सुरुदेखि नै ५०० भन्दा बढीको ज्यान लिइसकेको छ।

यागीका कारण म्यानमारमा जताततै बाढी, पहिरोजस्ता अवस्था सिर्जना भएको छ। धेरै गाउँ डुबानमा परेका छन्।

यसका साथै म्यानमारमा ठूलो क्षेत्रफलमा लगाइएको बाली पनि नष्ट भएको छ।

यहाँका पाँच लाखभन्दा बढी मानिसका लागि खाद्यान्न, पिउने पानी, बास र लत्ताकपडाको तत्काल प्रबन्ध गर्नुपर्ने अवस्था रहेको राष्ट्रसंघले बताएको छ।

संयुक्त राष्ट्रसंघले चक्रवात ‘यागी’ले राजधानी नेपिडावसहित म्यानमारका थप नौ राज्यमा विनाश गरेको जनाएको छ। म्यानमार यसै पनि २०२१ देखि गृहयुद्धले ग्रस्त छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .