जम्मु-कस्मिरमा विधानसभा चुनावअन्तर्गत बुधबार पहिलो चरणको मतदान सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार पहिलो चरणमा ५८ प्रतिशतभन्दा बढी मतदान भएको छ।
जम्मु-कस्मिरमा भएको मतदानको यो प्रतिशत पछिल्लो ३५ वर्षमा सबैभन्दा बढी हो।
जम्मु-कस्मिरका सात जिल्ला अनन्तनाग, पुलवामा, शोपियान, किश्तवार, रामबन, कुलगाम र डोडामा मतदान भएको हो। कूल ३२७६ मतदान केन्द्रमा मतदान भए।
पहिलो चरणको चुनावमा २ सय १९ जना उम्मेदवार मैदानमा छन्। जसमध्ये ९ जना महिला छन्।
यस्तो छ जिल्लाअनुसार मतदान प्रतिशत
अनन्तनागमा ५४.१७ प्रतिशत
डोडामा ६९.३३ प्रतिशत
किश्तवाडमा ७७.२३ प्रतिशत
कुलगाममा ६१.५७ प्रतिशत
पुलवामामा ४६.०३ प्रतिशत
रामवनमा ६७.७१ प्रतिशत
शोपियानमा ५३.६४ प्रतिशत
अब सेप्टेम्बर २५ मा दोस्रो चरण र अक्टोबर १ मा तेस्रो चरण मतदान हुनेछन्।
30
Shares
प्रतिक्रिया