नेपालका चार गजलकारलाई सिक्किममा सम्मानित गरिएको छ।
बुधवार सिक्किम गजल मञ्चले १५४औं मोती जयन्तीको अवसरमा डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, पुष्प अधिकारी अञ्जली, खगेन्द्र गिरी ‘कोपिला’ र लोकनाथ भूषाल ‘घायलश्री’-लाई सम्मान गरेको हो।
कार्यक्रम गान्तोकस्थित नेपाली साहित्य परिषद्को भवनमा आयोजन गरिएको थियो, जसमा मुख्यमन्त्रीका मुख्य सचिव एसडी ढकाल प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले अध्यक्षता गरेका थिए।
सिक्किम गजल मञ्च यसै वर्ष स्थापित भएको संस्था हो। कार्यक्रममा नेपालका अतिथि गजलकारहरूलगायत सिक्किमबाट भीम रावत, मोहन गौतम, कुबेर भट्टराई सीता शर्मा र पुष्प घिमिरेले पनि गजल वाचन गरेका थिए। त्यसैगरी डा. घनश्याम न्यौपाने परिश्रमीले गजलको इतिहास र यसको लेखन परम्परा सन्दर्भमा आफ्नो विचार राखेका थिए। कार्यक्रममा ललित लोहारलिखित ‘मनभित्रको आकाश’ गीत सङ्ग्रहको विमोचन गरिएको थियो।
Shares
प्रतिक्रिया