ad ad

ग्लोबल


चीनको हेनानमा बालबालिका पढ्ने स्कुलमा आगलागी हुँदा १३ जनाको मृत्यु

चीनको हेनानमा बालबालिका पढ्ने स्कुलमा आगलागी हुँदा १३ जनाको मृत्यु

नेपालखबर
माघ ६, २०८० शनिबार १२:४९, काठमाडौँ

मध्य चीनको हेनान प्रान्तस्थित एक विद्यालयको छात्रावासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। 

अस्पतालमा उपचाररत एक जनाको अवस्था अहिले स्थिर रहेको बताइएको छ। 

चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार राति हेनान प्रान्तको एउटा गाउँमा रहेको साना बालबालिकाको विद्यालयमा उक्त घटना भएको जनाएको छ। 

अंग्रेजी दैनिक चाइना डेलीका अनुसार निजी संस्थाद्वारा सञ्चालित यो विद्यालय नर्सरी र प्राइमरी कक्षाका बालबालिकाका पढ्थे। 

यस विद्यालयका सञ्चालकलाई नियन्त्रणमा लिएर घटना अनुसन्धान भइरहेको छ। 

आगलागीमा परी ज्यान गुमाउनेहरुको परिचय भने आधिकारिक माध्यमबाट खुल्न सकेको छैन र आगलागीको कारण पनि खुल्न सकेको छैन। 

सिन्ह्वाका अनुसार दमकललाई खबर गरेपछि आगो एक घण्टाभित्र निभाइएको थियो।

चीनमा आगलागीका घटना बारम्बार हुने गरेका छन्।

नोभेम्बर २६ मा साङ्सी प्रान्तको लुलियाङ सहरमा रहेको एउटा कार्यालयमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .