ad ad

ग्लोबल


अभिनेत्रीले बलात्कार आरोप लगाएपछि के भन्छन् उद्योगपति जिन्दल?

अभिनेत्रीले बलात्कार आरोप लगाएपछि के भन्छन् उद्योगपति जिन्दल?

भारतीय उद्योगपति सज्जन जिन्दल


नेपालखबर
पुस २, २०८० सोमबार ९:१४, काठमाडौँ

भारतीय उद्योगपति सज्जन जिन्दलले आफूविरुद्ध लागेको बलात्कारको आरोपलाई पूर्णतया ‘निराधार र झुटो’ भएको दाबी गरेका छन्।

अभिनेत्रीसमेत रहेकी एकजना ३० वर्षीया महिलाले आफूलाई विवाहको आश्वासन दिएर जिन्दलले बलात्कार गरेको आरोप लगाएकी छन्। उनीविरुद्ध मुद्दासमेत दर्ता भइसकेको छ। 

विस्तृत विवरण : भारतका यी ठूला उद्योगपतिले अभिनेत्रीलाई बलात्कार गरेको अभियोग, दर्ता गरियो मुद्दा

यस विषयमा आइतबार साँझ विज्ञप्ति जारी गर्दै सज्जन जिन्दलले यसलाई ‘झूटो र आधारहीन’ भएको दाबी गरेका हुन्। 

विज्ञप्तिमा उनले भनेका छन्, ‘सज्जन जिन्दल यो आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्छ। यो आरोप पूर्णतया झुटो र आधारहीन छ। अनुसन्धान जारी रहेकाले यस विषयमा थप टिप्पणी नगराैँ, अनुसन्धानमा पूर्ण सहयोग गर्न प्रतिबद्ध छु। म तपाईंलाई परिवारको गोपनीयताको सम्मान गर्न अपिल गर्छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .