ad ad

ग्लोबल


प्रधानमन्त्री मोदीबारे लेख लेख्दा सांसद राउतविरुद्ध जाहेरी दर्ता

प्रधानमन्त्री मोदीबारे लेख लेख्दा सांसद राउतविरुद्ध जाहेरी दर्ता

फाइल तस्बिर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सांसद सञ्जय राउत


नेपालखबर
मंसिर २६, २०८० मंगलबार ९:१७, काठमाडौँ

शिवसेना (यूबीटी) को मुखपत्र ‘सामना’मा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लेख लेखेको आरोपमा महाराष्ट्रको यवतमालमा पार्टी सांसद सञ्जय राउतविरुद्ध जाहेरी दर्ता गरिएको छ।

प्रहरी अधिकारीका अनुसार ‘सामना’ पत्रिकाका कार्यकारी सम्पादक राउतविरुद्ध भाजपाका यवतमालका संयोजक नितिन भुटाडाले जाहेरी दिएका हुन्। जाहेरीमा राउतले यही डिसेम्बर ११ मा प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक लेख लेखेको भुटाडाले दाबी गरेका छन्। 

बीबीसी हिन्दीका अनुसार प्रहरी अधिकारीले भने- समूहहरूबीच शत्रुता बढाउने र अन्य अपराध गरेको अभियोगमा राउतविरुद्ध उमरखेड प्रहरी चौकीमा भारतीय दण्ड संहिताको दफा १५३ (ए), ५०५ (२) र १२४ (क) अन्तर्गत जाहेरी दर्ता गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .