भारतीय संसद् भवनबाहिर बुधबार दिउँसो रंगीन धुवाँ उडाएको आरोपमा एक पुरुष र एक महिलालाई पक्राउ गरिएको छ।
लोकसभामा दर्शकदीर्घाबाट हाम फाल्ने दुई जना पनि पक्राउ परेको बीबीसी हिन्दीले जनाएको छ।
बाहिर नाराबाजी गरिरहेका दुवै जनालाई संसद्को सुरक्षामा खटिएका सुरक्षाकर्मीले पक्रेका हुन्। यस घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
भिडिओमा नीलो पोसाक लगाएकी एक महिलालाई महिला प्रहरीले समातेर लैजाँदै गरेको देखिन्छ।
यस क्रममा महिलाले नारा लगाएको सुनिन्छ।
भिडिओमा महिलाले ‘भारत माता की जय, तानाशाही बन्द गर, जय भीम–जय भारत, संविधान बचाऔँ’ भन्ने नारा लगाएको सुन्न सकिन्छ।
हेर्नुहोस् भिडिओ–
Security breach reported inside Lok Sabha as 2 people jumped down from the gallery and reportedly hurled gas-emitting objects.
— Akashdeep Thind (@thind_akashdeep) December 13, 2023
Visuals:- Few people arrested by the police outside #ParliamentAttack pic.twitter.com/o6w3QFgpvJ
Shares
प्रतिक्रिया