ad ad

ग्लोबल


उत्तर प्रदेश : भाजपा विधायकलाई बलात्कार मुद्दामा २५ वर्ष जेल, १० लाख जरिवाना

उत्तर प्रदेश : भाजपा विधायकलाई बलात्कार मुद्दामा २५ वर्ष जेल, १० लाख जरिवाना

फाइल फाेटाे : भाजपाका स्थानीय विधायक रामदुलारे गोन्ड


नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १९:१५, काठमाडौँ

भारतस्थित उत्तर प्रदेशको सोनभद्रमा भाजपाका स्थानीय विधायक रामदुलारे गोन्डलाई बलात्कार मुद्दामा एमपी/एमएलए अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ भने १० लाख भारतीय रुपैयाँ जरिवाना तोकेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार अदालतले विधायक गोन्डलाई यही डिसेम्बर १२ मा आईपीसीको धारा ३७६ र २०१ अन्तर्गत दोषी ठहर गरेको हो। सोही दिन उनलाई हिरासतमा लिइएको थियो।

सन् २०१४ नोभेम्बरमा मेयरपुर प्रहरी चौकीमा उनीविरुद्ध बलात्कार मुद्दा दर्ता भएको थियो र आठ वर्ष लामो सुनुवाइपछि फैसला आएको हो।

अदालतका न्यायाधीश एहसानुल्लाह खानले जरिवानाको सम्पूर्ण रकम पीडितलाई दिन आदेश दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .