ad ad

ग्लोबल


हमास नेता हानिया इजिप्टमा, इजरायलसँग फेरि युद्धविराम हुने सम्भावना

हमास नेता हानिया इजिप्टमा, इजरायलसँग फेरि युद्धविराम हुने सम्भावना

हमास नेता इस्माइल हानिया


नेपालखबर
पुस ४, २०८० बुधबार १८:५५, काठमाडौँ

हमास नेता इस्माइल हानिया गाजा मुद्दाका विषयमा इजिप्टका नेताहरूसँग भेट गर्न यतिबेला कायरोमा छन्।

उनको यो भ्रमणलाई इजरायलसँग अस्थायी युद्धविरामका लागि वार्ता सुरु गर्ने पछिल्लो संकेतका रूपमा हेरिएको छ।

इजिप्टले गत महिना दुई पक्षबीचको अस्थायी युद्धविरामका लागि मध्यस्थतामा महत्त्वपूर्ण भूमिका खेलेको थियो।

केही रिपोर्टका अनुसार इजरायलले हमासले अब रिहा गर्ने इजरायली बन्धकमा महिला र कमजोर पुरुष पनि पर्नुपर्ने कुरा बारम्बार भनिरहेको छ। 

यससँगै गम्भीर मुद्दामा जेलमा रहेका प्यालेस्टिनी नागरिकको रिहाइ पनि सम्भव देखिन्छ ।

गत अक्टोबर ७ मा हमासले इजरायलमा अचानक आक्रमण गरी २०० भन्दा बढी इजरायली नागरिकलाई अपहरण गरी लगेका थिए।

त्यसो त यसमा नेपाली विपिन जोशी पनि परेको बताइएको छ। पुनः युद्धविराम भई बन्धक रिहा गरिए जोशी पनि छुट्ने आशा गर्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .