ताइवानले चीनले आफ्नो भूमिमा लडाकु विमान र नौसैनिक जहाज पठाएको जनाएको छ।
ताइवानमा राष्ट्रपतीय निर्वाचन हुन तीन साता बाँकी रहेका बेला चीनले यस्तो कदम चालेको हो।
चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्छ र विगतमा पनि उसले ताइवानको चुनावअघि धेरै पटक आफ्नो सैन्य क्षमता प्रदर्शन गरिसकेको छ।
यसैबीच, चीनले शुक्रबार ताइवानबाट ग्रुपर माछा (माछाको एक जात) निर्यातमा प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
बीबीसीका अनुसार कतिपय विश्लेषकले ताइवानका विषयमा चीनले एकैसाथ कठोरता र कोमलताको नीति देखाएको विश्लेषण गरेका छन्।
ताइवानको राष्ट्रपतीय चुनावका उम्मेदवारबीच चीनसँग कसरी व्यवहार गर्ने भन्ने विषयमा मतभेद छन्।
102
Shares
प्रतिक्रिया