आफ्नो साझेदारीलाई अझ अगाडि बढाउँदै भारत र रुसले मंगलबार कुडानकुलम आणविक ऊर्जा प्लान्टमा भविष्यको ऊर्जा उत्पादन एकाइहरू निर्माण गर्न केही ‘अत्यन्त महत्त्वपूर्ण’ सम्झौतामा हस्ताक्षर गरेका छन्।
रुसको पाँचदिने भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले रुसी उपप्रधानमन्त्री डेनिस मान्टुरोफसँगको भेटपछि उक्त सम्झौताको घोषणा गरेका हुन्।
रुसमा बसोबास गर्ने भारतीय जनतालाई सम्बोधन गर्दै जयशंकरले भने, ‘आज (मंगलबार) मेरो र उपप्रधानमन्त्री मान्तुरोभको उपस्थितिमा हामीले कुडनकुलम आणविक परियोजनासँग सम्बन्धित सम्झौतालगायत धेरै महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर गरेका छौँ।’
भारतीय सञ्चारमाध्यमका अनुसार रुसको प्राविधिक सहयोगमा तमिलनाडुमा भारतको सबैभन्दा ठूलो कुडानकुलम आणविक ऊर्जा केन्द्र निर्माण भइरहेको छ। निर्माण मार्च २००२ मा सुरु भएको थियो।
फेब्रुअरी २०१६ सेकुडानकुलम पावर प्लान्टको पहिलो पावर युनिट १,००० मेगावाटको क्षमतामा निरन्तर सञ्चालन भइरहेको छ। यो प्लान्टले सन् २०२७ सम्ममा पूर्ण क्षमतामा काम गर्ने अपेक्षा गरिएको छ।
Shares
प्रतिक्रिया