इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा रहेका आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ।
इजरायली सुरक्षा परिषद्ले नयाँ दिल्लीस्थित इजरायली दूतावासनजिक मंगलबार साँझ भएको विस्फोट ‘आतंकवादी हमला’ हुन सक्ने आशंका व्यक्त गरेको छ।
मंगलबार साँझ नयाँ दिल्लीको चाणक्यपुरीस्थित इजरायली दूतावासनजिकै विस्फोट भएको थियो। तर कसैलाई केही हुन पाएन।
इजरायली दूतावासका प्रवक्ता गाय निरले भने, ‘मंगलबार साँझ ५ः४८ बजे दूतावासनजिकै विस्फोट भएको थियो । दिल्ली पुलिस र सुरक्षा टोलीहरूले अझै पनि यसको अनुसन्धान गरिरहेका छन्।
यसपछि मंगलबार इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले एक सल्लाहकार जारी गर्दै यस्ता घटना फेरि हुने सम्भावना व्यक्त गरेको छ।
इजरायली सुरक्षा परिषद्ले भारतमा रहेका आफ्ना नागरिकलाई भीडभाड हुने ठाउँ (मल्ल र बजार) र विदेशी, इजरायली र यहुदीको भ्रमण स्थल मानिने मानिने ठाउँहरूमा नजान चेतावनी दिएको छ।
इजरायली नागरिकहरूलाई सार्वजनिक स्थान (रेस्टुरेन्ट, होटल, पब) सतर्क रहन अपिल गरिएको छ।
दिइएका सुझावमा इजरायली प्रतीक खुला रूपमा नदेखाउन, आफ्नो पहिचान नखुलाउन, ठूला स्तरमा आयोजना हुने असुरक्षित कार्यक्रममा नजान र आफ्नो यात्रा योजना सामाजिक सञ्जालमा सेयर नगर्न पनि भनिएको छ।
गत अक्टोरबर ७ देखि इजरायल र हमासबीच लडाइँ भइरहेको छ।
Shares
प्रतिक्रिया