उत्तर कोरियाका सर्वोच्च नेता किम जङ उनको उमेर ४० वर्ष भएको अनुमान गरिएको छ।
यस गोप्य राष्ट्रका नेताको वास्तविक जन्मदिन आजसम्म थाहा छैन।
उत्तर कोरियाली विश्लेषक यसबारे विभिन्न अनुमान गर्छन्।
विश्लेषकको भनाइ सही हो भने सोमबार उनको उमेर ४० वर्ष पुगेको छ।
सोही दिन अधिकारीहरूले केही तस्बिर जारी गरेका छन्, जसमा उनी आफ्नी छोरीसँग कुखुरा फार्ममा देखिएका छन्।
उनीभन्दा पहिले उनका बुबा किम जोङ इल र हजुरबुवा किम इल सुङ सत्तामा हुँदा उनको जन्मदिनलाई राष्ट्रिय उत्सवका रूपमा मनाइएको थियो। आज पनि उनको जन्मदिनमा बिदा छ।
किम जङ उनको जन्म मिति ८ जनवरी हो, यो अझै रहस्य नै छ। तर यो उनको जन्मदिन हो, यसको संकेत जनवरी २०२० मा संकेत गरिएको थियो, जब उत्तर कोरियाली अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई किमको जन्मदिनको शुभकामनाका लागि धन्यवाद दिए।
छ वर्षअघि अमेरिकी बास्केटबल खेलाडी डेनिस रोडम्यानले हजारौँको भीडमा किम जङ उनलाई जन्मदिनको शुभकामना गाएर दिएका थिए।
Shares
प्रतिक्रिया