ad ad

ग्लोबल


अमेरिकामा टिकटकविरुद्ध मुद्दा

अमेरिकामा टिकटकविरुद्ध मुद्दा

नेपालखबर
साउन २०, २०८१ आइतबार १५:०, काठमाडौँ

अमेरिकाले चिनियाँ सर्ट भिडिओ सेयरिङ एप टिकटकविरुद्ध मुद्दा हालेको छ।

अमेरिकी न्याय विभागले टिकटक र उसको मातृ कम्पनी बाइटडान्सविरुद्ध शुक्रबार अदालतमा मुद्दा हालेको हो। 

सामाजिक सञ्जालमा बालबालिकाको गोपनीयता जोगाउन नसकेको आरोप अमेरिकाले लगाएको छ।

यो मुद्दामा अमेरिकाको संघीय व्यापार आयोग पनि संलग्न छ।

बालबालिकाहरूको जानकारी अनधिकृत रूपमा संकलन गर्ने प्रवृत्तिमा रोक लगाउन यो मुद्दा दायर गरिएको भनिएको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले टिकटकलाई कडाइ गरिरहँदा यो मुद्दा दायर गरिएको हो।

टिकटकले अनलाइनमा बालबालिकाको गोपनीयता संरक्षण ऐन उल्लंघन गरेको दाबी अमेरिकी सरकारले गरेको छ।

यो ऐनअनुसार अमेरिकामा १३ वर्षभन्दा मुनिका बालबालिकाको जानकारी संकलन गर्न कम्पनीले तिनका अभिभावकसँग अनुमति लिनुपर्छ।

अमेरिकामा टिकटकका झन्डै १७ करोड प्रयोगकर्ता छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .