ad ad

ग्लोबल


उत्तर प्रदेशमा अम्बेडकरको भिडिओ पोस्ट गर्दा दलित युवकलाई कुटपिट

उत्तर प्रदेशमा अम्बेडकरको भिडिओ पोस्ट गर्दा दलित युवकलाई कुटपिट

नेपालखबर
पुस १, २०८० आइतबार १३:४८, काठमाडौँ

भारतको उत्तर प्रदेशको बुलन्दसहर जिल्लाको जहांगीरपुर पुलिस स्टेसटनमा दुई नाम र अपरिचित व्यक्तिविरुद्ध जाहेरी दर्ता भएको छ।

यो घटना सामाजिक सञ्जालमा भाइरल भइरहेको दलित युवकलाई केही व्यक्तिले कुटपिट गरेको भिडिओसँग सम्बन्धित छ।

घटनामा प्रहरीले भिडिओमा देखिएका युवकलाई कुटपिट गरेको भन्दै उनका बाबुले दिएको जाहेरी दर्ता गरेको हो। 

बीबीसी हिन्दीका अनुसार यसबारे खुर्जाका डीएसपी वरुण कुमारले भने, ‘गुनासोपछि राहुल र सन्दीप नामका दुई युवकविरुद्ध रिपोर्ट दर्ता गरिएको छ। अज्ञात व्यक्तिहरूविरुद्ध पनि रिपोर्ट दर्ता गरिएको छ।’

उनले थपे, ‘अनुसन्धानका क्रममा नाम बाहिर आउनेलाई कारबाही गरिने छ, आरोपितलाई पक्राउ गर्ने प्रयास भइरहेको छ।’

अम्बेडकरको भिडिओ पोस्ट गर्दा कुटपिट
यस विषयमा भाइरल भिडिओ र त्यसमा कुटपिट भएको देखिएका केटाका बुबा वीरपालका अनुसार उनका छोरा हाल १० कक्षामा पढ्छन्।

उनले डा. भीमराव अम्बेडकरको भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छन्। उनले भने, ‘यसैले मेरो छोरालाई डिसेम्बर ७ मा गाउँका केही युवाले उठाएर लगे र कुटपिट गरे।’

उनले अगाडि भने, ‘सुरुमा हामीले अधिकारीलाई गुनासो गरेका थियौँ, तर सुनुवाइ भएन, समाजका जनताको सहयोगमा डिसेम्बर १४ तारिख जाहेरी दर्ता गराएको हो।’

वीरपालले आफू मजदुर भएको र ती छोरा आफ्ना पाँच सन्तानमध्ये कान्छो भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .