ad ad

ग्लोबल


भारतको मध्य प्रदेशमा भीषण वर्षाले पर्खाल भत्किँदा ९ बालबालिकाको मृत्यु

भारतको मध्य प्रदेशमा भीषण वर्षाले पर्खाल भत्किँदा ९ बालबालिकाको मृत्यु

पर्खाल भत्किएपछि घटनास्थलमा उपस्थित प्रहरी


नेपालखबर
साउन २०, २०८१ आइतबार १४:३२, काठमाडौँ

भारत मध्य प्रदेशको सागरमा भीषण वर्षापछि पर्खाल भत्किँदा नौ बालबालिकाको मृत्यु भएको छ।

सागरका कलेक्टर दीपक आर्यका अनुसार लगातारको वर्षाका कारण पर्खाल भत्किँदा यो दुर्घटना भएको हो।

घटना बिहान साढे ८ बजे भएको उनले बताए । घटनाको जानकारी पाउनासाथ नगर प्रशासन र नगरपालिकाको टोली घटनास्थलमा पुगेर सर्वसाधारणको सहयोगमा भग्नावशेष हटाइएको थियो ।

दुई बालबालिकाको घटनास्थलमै मृत्यु र बाँकी बालबालिकाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। 

दुई बालबालिकालाई भने उद्धार गरी अस्पताल पुर्‍याइएको छ। 

मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनाप्रति दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई चार लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .