बिहीबार प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको सुनको भाउ आज (शुक्रबार) त्यति नै घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज प्रतितोला १३ सय रुपैयाँले घटेको हो। सुनको भाउ बिहीबार एकैदिन १३ सय रुपैयाँले बढेको थियो।
आज सुन तोलाको एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको थियो।
आज चाँदीको भाउ पनि ३५ रुपैयाँले घटेको छ। चाँदी आज तोलाको एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
126
Shares
प्रतिक्रिया