कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जिल्लामा कामकाज गर्ने गरि १० जना मेडिकल अधिकृत करारमा भर्ना गर्ने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले १० जना मेडिकल अधिकृत करारमा सेवा लिने सम्बन्धि बुधबार सूचना जारी हो।
गत कात्तिक १७ गते राति ११ः४७ बजेको समयमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लाका नागरिकहरु बढी प्रभावित भएका छन्।
उक्त जिल्लाका स्थानीय तहहरूमा कामकाज गर्ने गरी स्वास्थ्य सेवाको मेडिकल अधिकृत पदमा कर्मचारी करारमा माग गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले योग्यता पुगेका उम्मेदवारहरूलाई विज्ञापन भएको मितिले १५ दिनभित्र दरखास्त दिनसकिने सूचनामा उल्लेख गरेको छ।
यसरी करारमा नियुक्त भएका मेडिकल अधिकृतको कार्य अवधि २०८१ असार मसान्तसम्म हुनेछ।
36
Shares
प्रतिक्रिया