नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष पदका उम्मेदवार राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन्।
दुवै नेताले अध्यक्षमा मीनबहादुर शाहीलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएको बुझिएको छ।
अब अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालिकोछका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुनेछ।
यस्तै सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाही उम्मेदवार छन्।
यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सिचवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दे उम्मेदवारी फिर्ता गरेका छन्।
147
Shares
प्रतिक्रिया